होहल्ला मै प्रतिस्थापन विधेयक पेस गरेर संसद बैठक सकियो

काठमाडौँ – विपक्षीको सभालगातारको विरोध र होहल्लाबीच नै प्रतिस्थापन विधेयक प्रस्तुत गरिएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको लगातारको विरोधलाई सुनेको नसुन्यै गर्दै प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले दिवगंत पूर्वसांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको शोकप्रस्ताव पेश गरेका थिए।

संसदको अर्को बैठक आइतबार बस्ने गरी शुक्रबारको बैठक सकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*