मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना पुष्टि
हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ९४ जनामा गरिएको पिसिआर परीक्षणमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार पुष्टि हुनेहरुमा १९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् भने एक जना मनहरी गाउँपालिका भित्रका रहेका छन् ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा २९ जनाले कोरोना जितेका छन् । जिल्लामा हाल २ सय ८१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १६३ जनाको मृत्यु भएको छ ।
























