शेयर बजारमा हरियाली, नेप्से ५८ अंकले उक्लियो

काठमाडौं । बजेट प्रतिस्थापन विधेयकलाई पूँजी बजारले स्वागत गरेको छ ।

पछिल्ला दिन वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा आइतबार उछाल आएको हो ।

सरकारले शुक्रबार ल्याएको बजेटमा पूँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने प्रतिवद्धता जनाएको थियो ।

आइतबार कारोबार सुरु भएदेखि उकालो लागेको बजार २ बजेसम्म ५८ अंकले उकालो लागेर २९ सय ३४ पुगिसकेको छ । यस अवधिमै कारोबार ६ अर्ब नाघेको छ ।

यस दिन अधिकांशजसो समूहमा हरियाली छाएको छ । विकास बैंक, बीमा, उत्पादनमूलक समूहमा आकर्षण देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*