मकवानपुरमा पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप

हेटौंडा । मकवानपुरमा पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्लाको बकैया गाउँपालिका वडा नंबर २ मा एक पुरुषले अर्का पुरुषलाई जबर्जस्ती गरेको आरोप रहेको छ । शनिबार २६ गते साँझ बकैया–२ को सरस्वती टोलमा स्थानीय ३४ वर्षीयले छिमेकीको बारीमा स्थानीय ३२ वर्षीय पुरुषलाई गुदद्धारमा जबरजस्ती गरेको आरोप रहेको छ ।

आईतबार (हिजो) प्रहरीले पीडित पुरुषको बयान लिईसकेको छ । आईतबार दिउँसो पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा जाहेरी दिएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले पीडित पक्षले जाहेरी दिएको बताए । उनले उक्त मुद्धा अप्राकृतिक मैथुनमा अघि बढ्ने समेत बताए ।

यता,पीडित पुरुषलाई उपचारको लागि शनिबार राति हटौंडा अस्पताल ल्याईएको स्थानीय विनोद चौलागाईले जानकारी दिए । उनले भनेः गाउँमा साँझ तीजको रमाईलो नाँचगान गर्ने कार्यक्रम रहेको थियो । दुई जना पुरुष बाटोमा भेट भएपछि एकान्त ठाउँमा मोबाईलमा भिडियो हेर्न बसेछन् । भिडियो हेर्ने क्रममा उक्त घटना घटेको र आफुलाई धेरै गार्हो भएको पीडित पक्षले समाजमा भनेपछि दुबै जनालाई संगै राखेर कुरा गर्दा भिडियो हेरेको तर उक्त कार्य नगरेको पीडक पक्षले दाबी गरे । तर पीडित पक्षले स्वास्थ्यमा धेरैनै समस्या भएको जानकारी गराएपछि रातिनै एम्बुलेन्समा हेटौंडा अस्पताल ल्यायौ ।

अस्पतालले घटनाको जानकारी लिएपछि प्रहरी कार्यलयबाट अनुमति नपाएसम्म उपचार अघि बढाउन नसकिने बताएपछि हामी रातिनै जिल्ला प्रहरी कार्यलय मकवानपुर गयौ,चौलागाईले भनेः पुरुषको उपचारको रिपोर्ट आज आउने कुरा छ ।

घटनाको आवश्यक अनुसन्धान अघि बढ्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*