एमालेको विरोधका बीच बजेट प्रतिस्थापन विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट पारित

काठमाडौँ – बजेटको प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने अर्थमन्त्री जनार्दन शर्माको प्रस्ताव प्रमुख प्रतिपक्षी एमालेको विरोधकाबीच संसदबाट पारित भएको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच अर्थमन्त्री शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मंगलबारको बैठकबाट ध्वनी मतका आधारमा पारित गरिएको हो ।

बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ। त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापनलाई विरोधकै बीच अघि बढाएको हो । यद्यपि प्रतिस्थापन विधेयक अब असोज ४ गतेको बैठकमा मात्र छलफलका लागि अघि बढाइनेछ।

सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णर्याथ पेश गर्दा पनि एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए ।

बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले वेल घेरे पनि रोष्ट्रममा नै रहेका अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलपल अघि बढाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

त्यसपछि केहीबेर बजेट छलफल भयो । सभामुखले उठेका प्रश्नको जवाफ दिन बोलाएका अर्थमन्त्रीले जवाफ नदिइ छलफलमा सहभागी भएकोमा धन्यवाद मात्रै भने ।

बैठकपछि अर्थमन्त्री शर्माले अध्यादेश मार्फत ल्याएको बजेटको वैधानिकता सकिँदा केही असजिलो हुने भए पनि केही दिनमै त्यो अवस्था अन्त्य हुने भएकाले आत्तिनु नपर्ने बताए ।

प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*