मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण
हेटौंडा । पछिल्लो २४ घण्टामा मकवानपुरमा १५ जनामा कोरोना संक्रमण भएको छ । आज थप ४४ जनाले कोरोना भाइरस संक्रमणलाई जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै जिल्लामा हालसम्म १५ हजार ३२ जनामा कोरोना पुष्टि हुँदा १४ हजार ५ सय ९४ जनाले कोरोना जितेको कार्यलयले जनाएको छ ।
जिल्लामा हाल २ सय २४ जनामा सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ सय १७ जना घरमा र ७ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६४ जनाको मृत्यु भएको छ ।
























