बागमतीमा प्रदेशमा १८ लाख ८४ हजारले लगाए कोरोना खोप

हेटौंडा । बागमती प्रदेशमा हाल सम्ममा १८ लाख ८४ हजार ५ सय ८ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्ष माथीको जनसख्या मध्यमा ४८ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

बागमती प्रदेशमा १८ वर्ष माथीका १३ लाख ४४ हजार ५ सय ९० जनाले मात्र कोरोना विरुद्धको खोप लगाउन बाँकी छ । अब यस प्रदेशमा खोप लगाउन बाँकी ३४ प्रतिशत मात्र रहेका छन् ।

यस प्रदेशमा कोरोना विरुद्धको पहिलो खोप लगाउनेहरु भने ७ लाख ३ हजार ५ सय ४९ जना रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम राज सेढाईले वताउनुभयो । पहिलो मात्रा खोप लगाएका १८ प्रतिशत मात्र रहेका छन् । उनीहरुको समय हुने वित्तिकै खोप लगाउने तयारी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*