थप १५५८ जनामा कोरोना पुष्टि, १० को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३८५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ६६५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८६ जना र ३ हजार ७२० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७१ हजार ७३४ पुगेको छ ।

यस्तै कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३८५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ०९ हजार ४३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*