मकवानपुरका स्थानीय तहलाई सीसीडीएनद्धारा स्वास्थ्य सामग्री सहयोग

हेटौंडा । सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) ले मकवानपुरका स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले दोस्रो लहरको कोभिड महामारीमा सहयोग पुग्ने उद्देश्यका साथ जिल्लाका ४ स्थानीय तहलाई करीब ४५ लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उक्त स्वास्थ्य सामग्री स्थानीय तहका प्रमुखहरुलाई हस्तान्तरण गरेका हुन् । जिसस प्रमुख खुलालले जिल्लाको थाहा नगरपालिका, कैलाश गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तर गरेका हुन् ।

सो अवसरमा प्रमुख खुलालले सीसीडिएनले मकवानपुरमा रहेर निरन्तर स्थानीय तहहरुलाई सहयोग पु¥याएको बताए । सीसीडीएनले भुकम्पको समय र कोरोनाको पहिलो लहरमा समेत सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरेका हुन् । उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको भन्दै प्राप्त गरेका स्वास्थ्य सामग्रीहरुको उचित प्रयोग र संरक्षणमा ध्यान दिन स्थानीय तहहरुलाई आग्रह समेत गरे ।

संस्थाले स्थानीय तहहरुलाई जनसंख्याका आधारमा पीपीई कीट, ग्लोब्स, मास्क, फेस सिल्ड, सेनीटाईजर, एन्टीजेन किट, फ्रिजर, डिफ्रिज, भ्याक्सिीन क्यारीयर, सेनिटाईजर डिभाईसलगायत १५ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको हो । संस्थाका कार्यकारी निर्देशक महेन्द्र जर्गाको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*