हेटौंडामा बंगुर पालक कृषक समूहको परिचयात्मक कार्यक्रम सम्पन्न

मकवानपुर । मकवानपुरको हेटौंडामा हातेमालो बंगुर पालक कृषक समूहको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

समुहको शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित सिमलटारमा सम्पन्न भएको हो । हातेमाले बंगुर पालक कृषक समूहका अध्यक्ष सुन्दरलाल श्रेष्ठको सभाधयक्षता भएको कार्यक्रममा बुद्धिजीवि तथा समाजसेवी कमलचन्द्र सुमनको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि सुमनले उक्त स्थान बंगुर पालन व्यवसाय फट्याउँदै गएको र अझै यसलाई व्यवस्थित तरिकाले लैजानमा जोड दिएका थिए । उनले यस व्यवसाय गर्ने कृषकहरुलाई आफुले भविष्यमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा समूहका उपाध्यक्ष छेगु गोले,सचिव पाल्तेन गोङ्बा,विपन्न सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष भरतबहादुर दर्लामी मगर,पत्रकार जी। न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*