हेटौंडामा जुवा खेलिरहेका ७ जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटरबाट प्रहरीले शनिबार साँझ जुवा खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कायालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१ चाईनाक्वाटरस्थित राकेश केसीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौडा-१ का ३७ वर्षीय राकेश केसी (घर धनि), हेटौंडा-१० का ४२ वर्षीय रमेश श्रेष्ठ, ३८ वर्षीय प्रदिप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, जिल्ला धादिङ धुनिवेशि नगरपालिका-९ घर भई हाल हेटौंडा बस्दै आएका ३६ वर्षीय बाबु कृष्ण उप्रेति, हेटौंडा-१ का ५५ वर्षीय एक बहादुर थापा र हेटौंडा-४ का ३१ वर्षीय दिपेन्द्र कुमार मिश्रलाई पक्राउ गरिएको छ।

पक्राउ परेकाको साथबाट ४ बुक तास , नेपाली रुपैया २६ हजार ९८५ रुपैया र भारतीय रुपैया १ हजार ५०० नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमा आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*