मकवानपुरमा थप १० जनामा कोरोना संक्रमण
हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा ४६ जनाको कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।
उपलब्ध तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ४२ जनाको पिसिआर बिधिबाट र ४ जनाको एन्टिजेनबाट कोरोना जाँच गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा १ जना कोरोना मुक्त भएका छन। विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका १ जना कोरोना मुक्त भएका हुन। यो सँगै हाल सम्म मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १४ हजार ७ सय १४ रहेको छ।
























