एमाले स्थायी समिति बैठक सुरु

काठमाडौँ – नेकपा एमालेका स्थायी समितिको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो।

बैठकले पार्टीको विधान महाधिवेशनको लागि प्रस्तावित ७० वर्षे उमेर हदसम्बन्धी बुँदा विनाअसहमति एवं अवरोध पारित गर्ने एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिए।

सबै नेताहरुको सहमतिमै उक्त बुँदा प्रस्ताव गरिएकाले बैठकले पारित गर्ने उनले दावी गरे।

‘सबै नेताहरुको सहमतिमै उक्त प्रस्ताव गरिएको हो’, उपमहासचिव पौडेलले भने, ‘त्यसैले कसैको विरोध एवं विमतिविनै एकमनले प्रस्ताव पारित हुन्छ।’

स्थायी समितिबाट पारित भएपछि उक्त प्रस्तावलाई आगामी साता हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने एमालेले जनाएको छ। स्थायी समितिले जस्तै केन्द्रीय कमिटी बैठकबाट पनि उक्त प्रस्ताव एकमनले पारित गरिने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*