अवरुद्ध कान्तिलोकपथ सडक सञ्चालनमा
हेटौंडा । सोमबार साँझ भीमफेदी- ८ महादेवटारमा वर्षा संगै पहिरो जाँदा अवरुद्ध भएको कान्तिलोकपथ सडक सञ्चालन भएको छ ।
साँझ वर्षाको कारण भीमफेदी-८ महादेवटारमा पहिरा जाँदा हेटौंडा(ठिँगन हुँदै ललितपुर निस्कने कान्तिलोकपथ सडक अवरुद्ध भएको थियो ।
सडकमाथिबाट खसेको लेदो माटो ढुङ्गा सहितको पहिरो आज बिहान हटाइएपछि उक्त सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।
























