सेञ्चुरी कमर्सियल बैँकमार्फत किस्ताबन्दीमा ईलेक्ट्रोनिक्स सामान
मकवानपुर, ६ असोज । सेञ्चुरी कमर्सियल बैँकमार्फत अब सरल किस्ताबन्दीमा ईलेक्ट्रोनिक्स सामानहरु उपलब्ध हुने भएको छ । किस्ताबन्दी सुविधाका लागि सेञ्चुरी कमर्सियल बैँक हेटौंडा शाखाका ब्रान्च म्यानेजर शुहित शाक्य र हेटौंडा–४ स्कुल रोडमा रहेको ईस्टेक सप्लायर्स इजिलिंक कम्प्युटर सिस्टमका प्रोप्राईटर सरोज बज्राचार्यबिच व्यवसायिक सम्झौता समेत भईसकेको बैँकले जनाएको छ ।
सम्झौता अनुसार अब बैंकबाट ‘ईजी प्लान’ सुविधा अन्तर्गत विभिन्न ब्राण्डका ल्याप्टप, कम्प्युटर, फोटोकपी मेसिन, मोबाईल सेट, सिसिटिभी क्यामेरा लगायतका इलेक्ट्रोनिक्स सामानहरु सरल किस्ताबन्दी सुविधामा उपलब्ध गराईने छ । बैँकले हेटौँडाका ग्राहकलाई योजनामार्फत मौकाको फाईदा उठाउन पनि आग्रह गरेको छ ।
























