हेटौंडा १४ मा नेकपा (एमाले) टोल कमिटि गठन : अध्यक्षमा बिक्रम घिसिङ
हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका १४ उत्तरपानीमा १७ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
नेकपा एमाले १४ का अध्यक्ष प्रेम बहादुर मोक्तान को अध्यक्षतामा बसेको भेलामा १७ सदस्यीय टोल कमिटी गठन गरिएको हो । कमिटीको अध्यक्ष मा बिक्रम घिसिङ ,उपाध्यक्ष मा कुमार लामा ,सचीव अजय सिन्तान लगाएत चयन हुनु भएको छ ।
त्यसैगरि सहसचिवमा सरस्वती सिन्तान ,सदस्यहरुमा फुलकुमारी सिन्तान, रामचन्द्र घलान ,काजिमान स्याङ्तान ,बिक्रम मोक्तान ,हर्कबहादुर मोक्तान ,बुद्ध मोक्तान ,आइत सिंह स्यान्तान ,जगत सिंह घलान ,इन्द्र बहादुर गोले,होम नाथ नेपाली ,रबि घलान ,ठाकुर सिंह लामा र सुबिन्द घलान चयन हुनु भएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १४ का वडा अध्यक्ष दिपक खड्का लगाएत विभिन्न युवा समाज सेवि तथा युवा नेता हरुको उपस्थित थियो ।
























