हेटौंडाको कमानेमा प्याराफिट निर्माण हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमानेमा प्याराफिट निर्माणको काम भइरहेको छ । कमानेको चन्द्रोदय माविमा रंगशाला निर्माण गर्ने उदेस्यका साथ अहिले पहिलो चरणमा प्याराफिट निर्माणको काम भइरहेको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

कुल २ करोड ४४ लाख रुपैयाँ लागत अनुमान गरिएको यस प्याराफिटमा टेण्डर मार्फत घटाघटमा रामेछाप पाँचपोखरी डटेश्वर निर्माण कम्पनिले एक करोड ८१ लाख रुपैयाँ लागतमा ठेक्का सकार गरेर काम गरिरहेको हो । हेटौंडाका धेरैजसो वडामा खेलकुदलाई प्राथमिकता दिएर काम गरिरहेको र कमानेमा प्याराफिट सहितको रंगशालाा निर्माण गर्ने योजनाका साथ काम भइरहेको मेयर महतले वताउनुभयो ।

प्याराफिट निर्माण भइसकेपछी दर्शकहरुले फुटबल लगायतका बिभीन्न खेल सहज रुपमा खेल्न सक्नेछन् । बिद्यालयको यस चौरमा माथी प्याराफिट तल सडकमा पर्नेगरी सटरहरु निर्माणको काम थालिएको छ । खेलक्षेत्रका पूर्वाधार निर्माणसंगै खेल प्रतियोगितालाई पनि प्राथमिकता दिएर काम गरिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*