हेटौंडामा महङ्गियो हरियो तरकारी , भएन अनुगमन

हेटौंडा । पछिल्लो समय हेटौंडामा हरियो तरकारीको मूल्य महङ्गिन थालेको छ । दिनहु तरकारीको मूल्य महङ्गिन थालेपछि उपभोक्ता मारमा परेका छन् । हेटौंडा बजारमा हरियो तरकारीको मूल्य लगातार बढ्दो छ ।

बजारमा विशेष गरी साग, सिमी, बोडी, काउली, गाजर, करेला लगाएतका तरकारीको मूल्य बढेको छ । हेटौंडाको ख्वापगल्ली, बसपार्क, पारिजातपथ लगायतका क्षेत्रमा हरियो तरकारीको मूल्य बढेको हो ।

दिनहुँजसो तरकारीको मुल्य वृद्धी भईरहेको छ तर यसक्षेत्रमा अनुगमन भने भईरहेको छैन् । हेटौंडाको मुख्य थोक बजार बसपार्ककै थोक बिक्रेताले तरकारीको मूल्यवृद्धी गरेकाले आफुहरुले पनि तरकारीको मूल्यवृद्धी गरेको तरकारीका खुद्रा व्यापारी सुमन साह बताउँछन् ।

हेटौंडाको ख्वापगल्लीमा तरकारि खरिद गर्न पुगेका रमेश राईले बजार क्षेत्रमा तरकारी व्यापरीले मनलाग्दी ढङ्गले हरियो तरकारीको मूल्य बढाउने गरेको बताए । उनले भनेः मनलाग्दी छ बजार मूल्य,व्यापरीले उपभोक्ताले जसरिनै लिन्छन् भन्ने मान्यताले विभिन्न बहानामा तरकारीको मूल्य बढाउने गर्छन् ।

बजारमा बोडी, ब्रो काउली र बरेला, भटमासको कोसा, स्थानीय काउली, गाजर, मुला, घिउसिमी, घिरौँला, चम्सुरको साग, रायोको साग, टाटेसिमीको मूल्य बढीरहेको छ । तर, किसानले व्यापारीलाई बिक्री गर्ने तरकारीको मूल्यमा भने मुल्यवृद्धी भएको छैन् ।

उनले व्यवसायीले मनलाग्दी ढङ्गले मूल्यवृद्धि गराउँदा आफुहरुजस्तो विपन्न वर्गमा सबैभन्दा बढी मारमा पर्ने दुःख व्यक्त गरे । उनले केहि महिना अघि किलोमा आउने तरकारि पैसाले अहिले पाउमा पनि नआएको बताए । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भन्दै उनले यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पनि ध्यान नगएको गुनासो गरे ।

हेटौंडाको मुख्य थोक बजार बसपार्कमा बर्खे तरकारीको सिजन सकिएको र हिउँदे तरकारीको उत्पादन सुरु भइनसकेकाले हरियो तरकारीको मूल्य बढेको तरकारी व्यवसायीहरुको बताउँछन् । हरेक वर्षको यो समयमा तरकारीको मूल्य वृद्धी हुने गरेको व्यवसायीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*