राजदुतावासद्वारा वनविज्ञान अध्ययन संस्थान हेटौंडालाई शैक्षिक सामाग्री हस्तान्तरण

हेटौंडा । नेपालमा रहेको भारतीय राजदुतावास काउन्सिलर अफिस वीरगञ्जले मकवानपुरको हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थान (फरेष्टि कलेज) लाई आज हेटौंडामा एक समाहरोहबीच शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

काउन्सिलर अफिसका काउन्सलर जनरल नितेश कुमारले सो संस्थानका प्रमुख डा। शीबकुमार मानजनलाई अग्रेजी र हिन्दी माध्यमका सांस्कृतिक किताब तथा पत्रपत्रिका हस्तान्तरण गर्नुभएको थियो । समारोहमा काउन्सलर जनरल नितेश कुमारले नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शैक्षिक क्षेत्रको विकासका भारतले सहयोग गर्दै आएको र थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बन बिज्ञान संस्थानका प्रमुख डाक्टर मानजनले पुस्तक सहयोग भएकोमा खुशी व्यक्त गर्दै उक्त अध्ययन संस्थानको भौतिक पूर्वाधारको निर्माण र विस्तारमा थप सहयोगका लागि आग्रह गर्नुभयो ।
भारत सरकारको सहयोगमा वि।सं। २०२१ मा हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको शैक्षिक भवन लगायत पूर्वाधारको शिलान्यास र २०२४ सालमा उद्घाटन भई सो संस्थानमा वन विज्ञानतर्फ स्नातक र स्नातकोत्तरको अध्ययन तथा अध्यापन भइरहेको छ । साथै भारत सरकारको सहयोगमा संस्थानको हाताभित्र रु ४ करोडको लागतमा म्युजियम कम्प्लेक्स निर्माण भएको प्रमुख मानजनले जानकारी दिनुभयो ।
कार्यक्रम पश्चात काउन्सल नितेशले सो अध्ययन संस्थानको अवलोकन निरीक्षण गर्नुका साथै आवश्यक जानकारी लिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*