दल विभाजनसम्बन्धी अध्यादेश खारेजी बदनियतपूर्ण– केपी ओली

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै असंवैधानिक र बदनियतापूर्ण रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सरकारको यस्तो गतिविधिले सरकार र प्रतिपक्षीबीचको सम्बन्ध सुमधुर नहुने चेतावनी पनि दिनुभभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत दल विभाजन सम्बन्धी अध्यादेश खारेज गराएको भोलिपल्ट आफूलाई भेट्न पुगेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत ओलीले यस्तो सन्देश पठाउनुभएको हो ।

कानुन मन्त्रीको भेटवार्तापछि ओलीका सचिवालय सदस्य रामशरण बजगाईंले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन विल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।’

कानुन मन्त्री कार्कीसँगको भेटमा ओलीले अध्यादेशको खेलमा सरकारी रबैयाप्रति आफ्नो दलको गम्भीर आपत्ति रहेको सन्देश पनि पठाउनुभएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*