मकवानपुरमा थप १९ जनामा कोरोना संक्रमण
हेटौंडा । मकवजानपुरमा आज थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ४९ जनामा गरिएको पिसिआर परीक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा १८ जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना बकैया गाउँपालिका भित्रका रहेका छन् । जिल्लामा हालसम्म १५ हजार २ सय २९ जनामा कोरोना पुष्टि हुँदा १४ हजार ८ सय १४ जना संक्रमण मुक्र रहेका छन् ।
जिल्लामा हाल २ सय १ जना संक्रमित उपचाररत रहेका छन् ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६४ जनाको मृत्यु भएको छ ।
























