हेटौंडा अस्पतालमा निःशुल्क मुटुरोग शिविर हुदै

हेटौंडा । असोज १६ गते भोलि शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा मुटुरोग स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर संचालन हुने भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनमा उक्त निःशुल्क शिविर संचालन हुने भएको हो ।

शहिद गगांलाल राष्ट्रिय हृदयकेन्द्र,बासबारी काठमाडौंका मुटु रोग विशेषज्ञबाट मुटुरोग सम्बन्धी ७ जना डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले शिबीरमा आएका करिब पाँच सय जनालाई उपचार गर्ने जनाईएको छ ।

शिविरमा मुटुरोगको परिक्षणसंगै ल्याबमा परीक्षण, औषधि समेत निःशुल्क उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*