आज हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग शिबीर संचालन , उपचार गर्न आउनेहरुको भिड

हेटौंडा । हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग शिबिर संचालन भएको छ । मुटुरोग शिबिरमा उपचार गर्न आउनेहरुको बिहानै देखि निकै भिड छ । हेटौंडामा मुटुरोगका डाक्टर नभएपछी शिबिर मार्फत बिरामीलाई सेवा दिइएको हो । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौका मुटुरोग बिशेषज्ञबाट आज शिबीर सञ्चालन गरिएको हो ।

शिबीरको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर मतले यो शिबीरकै कारण मकवानपुरका मुटुका विरामीहरुलाई उपचार गराउन सहज भएको वताउनुभयो । हरेकले आफ्नो मुटु बेलाबेलामा जाँच गराउनका लागि उहाँले आग्रह समेत गर्नुभयो । मुटुका बिरामीले उपचार गराउनका लागि काठमाण्डौं, भरतपुर जानुपर्ने समस्या हटेको मेयर महतले वताउनुभयो । यस्ता शिबीरहरु बेलाबेलामा सञ्चालन गर्नका लागि सुझाब दिदै उहाँले उपमहानगरपालिकाले पनि सक्दो सहयोग गर्ने वताउनुभयो ।

मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आयोजनामा शिबीर भइरेको छ । शिबीरमा मकवानपुरको गाउँगाउँबाट बिरामी जाँच गर्न आउनेहरु धेरै रहेका छन् । मुटुरोग सम्वन्धी ७ जना बिशेषज्ञ डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले शिबीरमा आएका करिब पाँच सय जनालाई उपचार गर्ने प्रतिष्ठानका रजिष्टार तथा अस्पतालका अध्यक्ष राजेश प्रसाईले वताउनुभयो ।

निशुल्क शिबीरका लागि जिल्लाका दश वटै स्थानीय तहबाट बिरामीले दुइदिन देखि नाम टिपाएको र आज पनि नाम लेखाउनेहरुको भिड बढेको छ । मुटुरोगको परिक्षणसंगै ल्याबमा परिक्षण, औषधि समेत निशुल्क उपलब्ध गराइएको प्रतिष्ठानका सदस्य उत्सब चौलागाईले वताउनुभयो ।जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*