हेटौंडामा ६६ औं प्रहरी दिवसका अवसरमा बृक्षारोपण
हेटौंडा । ६६ औं प्रहरी दिवसका अवसरमा आज हेटौंडामा बृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा हेटौंडाको कर्रा खोला किनारमा आज बृक्षारोपण गरिएको हो । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नगरवासीहरेकले आफ्ना घरआगन, बगैचामा बृक्षारोपण गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, राप्ति डिभिजन वन कार्यालयको दिर्घनारायण कोइराला लगायतको उपस्थिति रहेको थियो । वृक्षारोपणमा अमला,आँप कटहर लगायतको विरुवा रोपिएको छ।
























