हेटौंडाको टिसिएनमा रहेको तरकारी बजार अनुगमन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर १० टिसिएनमा रहेको तरकारी बजारको आज अनुगमन गरिएको छ ।

उपमानगरपालिका, स्थानीय प्रशासन, घरेलु कार्यालय, उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि सहितको टोलिले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा तरकारी खरिद गर्दा किसानलाई बिल नदिने, तरकारी खरिद गरेका उपभोक्तालाई पनि बिल नदिने, महङ्गो मूल्यमा तरकारी बिक्री गर्दा उपभोक्ता पनि ठगिने, किसान पनि ठग्ने भएकाले यस्तो काम नगर्न टोलिले सुझाव दिएको छ ।

अहिले हेटौंडासहित देशैभर हरियो तरकारीको मूल्य वृद्धी भएको छ । तर, किसानले बिक्री गर्दा खासै मुल्य नपाएको गुनासो गर्दै आएका छन् ।

उपमहानगरपालिकाका सामाजिक महासाखाका प्रमुख विष्णुकुमारी लामिछानेको नेतृत्वमा तरकारी बजार क्षेत्रको अनुगमन गरिएको हो ।

हेटौंडाको तरकारी बजार व्यवस्थित नभएको र अब सुधार गर्दै लैजान आफुहरु तयार रहेको तरकारी तथा फलफूल व्यावसायीसंघ मकवानपुरका अध्यक्ष खड्ग मोक्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*