काठमाडौँमा एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना

काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँमा जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरेको छ ।

राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए ।

भेलामा देशभर एमालेले जितेका ६२७ पालिकाका प्रमुख,उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख सहभागी हुनेछन् ।

पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*