हेटौंडाको बसपार्कमा नागरिक यात्रु सहायता कक्ष स्थापना

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

नजिकिदै गरेको नेपालिहरुको महान चाड बिजयादशमी ,शुभ दिपावलीमा यात्रुहरुको चाप बढ्ने भएकाले यात्रुहरुलाई परेको समस्या तत्काल सहायता गर्न तथा हुन सक्ने सम्भावित घटनाहरुलाई न्यूनीकरण गर्न नागरिक यात्रु सहायता कक्षको स्थापना गरिएको हो । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा १० का अध्यक्ष प्रदीप कडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले उक्त सहायता कक्षको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष किताब सिंह लामा ,सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनी , सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम विष्ट , वडा प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक कृष्ण प्रसाद विष्ट लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*