हेटौंडाका सबै सामुदायिक विद्यालय दसैँपछि भौतिक उपपिस्थतीमै सञ्चालन हुने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरु दशैंपछि भौतिक उपपिस्थतीमै सञ्चालन हुने भएको छ ।

सोमबार हेटौंडामा बसेको सामुदायिक विद्यालयको प्रअ बैठकले दसैँपछि स्वास्थ्य सावधानी अपनाएर सबै सामुदायिक विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्ने निर्णय गरेको हो ।

बैठकमा हेटौंडा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल लगायत सामुदायिक विद्यालयको प्रअहरुको उपस्थिति रहेको थियो ।

हेटौंडा उपमहानगरपालिका भित्र ७७ वटा सामुदायिक विद्यालय रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*