हेटौंडा बजारमा चाडपर्व केन्द्रित अनुगमन, म्याद गुज्रिएका सामान जफत

हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले हेटौंडा बजारमा चाडपर्व केन्द्रित अनुगमनलाई तीव्र पारेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वको अनुगमन टोलीले दैनिक उद्योग तथा पसलको अनुगमन गरिरहेको छ ।

सहायक प्रमुख अर्यालको नेतृत्वमा मंगलबार १६ वटा खाद्यान्न तथा किराना पसल, १० वटा भाडा पसल,१० वटा पेट्रोल पम्पल, ५ वटा सुन पसल, ४ वटा फेन्सी पसल, ४ वटा मोबाइल पसल,ग्यारेज र उद्योग १र१ वटा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा केही किराना तथा खाद्यान्न पसलहरुबाट म्याद गुज्रिएका खाद्य वस्तु जफत गरिएको छ भने तीन वटा फेन्सी पसललाई जरीवाना गरिएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुर,आन्तरिक राजस्व कार्यालय हेटौंडा, घरेलु तथा साना उद्योग कार्यालय र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिको संयुक्त उपस्थितिमा अनुगमन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*