आज मकवानपुरमा ३ जनामा कोरोना पुष्टि
हेटौंडा । मकवानपुरमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३७ जनामा गरिएको पिसिआर परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुने ३ जनानै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि सोहि समयमा जिल्लामा १२ जना संक्रमितले संक्रमण जितेका छन् ।
जिल्लामा हाल ११८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
























