मकवानपुरको भोर्लेनी खोलामा एक युवती मृत फेला

हेटौंडा । मकवानपुरको भोर्लेनी खोलामा एक २२ वर्षीया युवती मृत फेला परेकी छन् ।

पूर्वी मकवानपुरको बागमती ५ स्थिति भोर्लेनी खोलामा स्थानीय २२ वर्षीया भगवती भोलन मृत भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रवक्ता रिमालका अनुसार भोलनको शव आज बिहान १० बजे फेला परेको हो । प्रहरीलाई आफन्तले दिएको जानकारी अनुसार खोला तर्ने क्रममा भोलनलाई बगाउँदा मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रवक्ता रिमालले बताए ।

घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*