मकवानपुरमा आज ६ जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा आज थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनामा पिसिआर र २५ जनामा एन्टीजेन गरी ६६ जनामा गरिएको परीक्षणमा क्रमशः २ जना र ४ जनामा गरी थप ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा ४ जना थाहा नगरपालिका भित्रका र २ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेको कार्यलयले जनाएको छ ।

यसैबिच,आज जिल्लामा थप ९ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

जिल्लामा हाल ८८ जना मात्र सक्रिय संक्रमित रहेका छन् । जसमा ७९ जना आफ्नै घरमा र ९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*