मकवानपुरका बिरोध खतिवडा पहिलोपटक मन्त्री

हेटौंडा । स्वास्थ्यमन्त्री विरोध खतिवडा चौथो पटक सांसदमा प्रत्यक्ष निर्वाचित भए पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । मकवानपुर क्षेत्र नम्बर २ बाट सांसद जितेका खतिवडा संसदीय राजनीतिको माहिर खेलाडीको रुपमा हेरिने गरिएको छ । खतिवडा प्रजातन्त्र पुनर्स्थापनापछि भएका २०४८, २०५१, २०५६ को आमनिर्वाचन जितेका थिए ।

संविधानसभाको दुवै निर्वाचनमा भने उनलाई पार्टीले उम्मेदवार बनाएन । स्वास्थ्यमन्त्री विरोध खतिवडा चौथो पटक सांसदमा प्रत्यक्ष निर्वाचित भए पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । संसदीय राजनीतिको माहिर खेलाडीको रुपमा हेरिने खतिवडा प्रजातन्त्र पुनर्स्थापनापछि भएका २०४८, २०५१, २०५६ को आमनिर्वाचन जितेका थिए ।

संविधानसभाको दुवै निर्वाचनमा भने उनलाई पार्टीले उम्मेदवार बनाएन । वाककला नेताको रुपमा रहेका खतिवडा आफ्नो धारणा स्पष्टसँग राख्न सक्ने नेताहरुको चिनिन्छन् । नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । एमाले विभाजित भएसँगै उनी नेकपा (एकीकृत समाजवादी)तर्फ लागेका छन् । सो पार्टीको स्थायी कमिटीका सदस्य हुन् ।

कानुनमा स्नातक गरेका खतिवडा २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका हुन् । खतिवडाको परिवारका सदस्यहरु राष्ट्रिय राजनीतिमा चर्चामा रह्यो । पिता बद्रीप्रसाद शिक्षक आन्दोलनका अगुवा हुन् भने पत्नि मुनु सिग्देल नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य र वाग्मती प्रदेशसभाकी सांसद हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*