दशैं तिहारको अवसरमा बालमन मार्केट

मकवानपुर –  दशैं, तिहार, छठ तथा ल्होसारको अवसरमा मकवानपुरको भिमफेदीस्थित बाल मन्दिरमा शुक्रबार बालमन मार्केट आयोजना गरिएको छ । नेपाल बाल संगठन मकवानपुरद्वारा आयोजित कार्यक्रममा बालमन्दिरमा आश्रित बालबालिकाकाको लागि लत्ताकपडा, स्टेशनरी, मिठाई, खानेकुरा लगायत वितरण गरिएको थियो ।
कार्यक्रममा भिमफेदी गाउँपालिका, कृति फाउन्डेशन, किवानिस क्लब, भिविना फाउण्डेशन, मदन भण्डारी स्पोट्र्स एकेडेमी, हेरिटेज भिमफेदी स्काउट क्रयु लगायतले सहयोग गरेका थिए ।
कार्यक्रममा नेपाल बाल संगठनका केन्द्रीय अध्यक्ष विद्या न्यौपानेको प्रमुख आतिथ्य तथा भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको विशेष आतिथ्य रहेको थियो । नेपाल बाल संगठन मकवानपुरका अध्यक्ष अशोक सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा बाल संगठन मकवानपुरकी उपाध्यक्ष दिलु घर्ती, भिविना फाउण्डेशनका अध्यक्ष विकेशलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बालमन्दिरमा आश्रित अभिभावकविहिन बालबालिकालाई चाडपर्वको खुशियाली दिन कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठनका जिल्ला सचिव आशिष अस्लामी मगरले बताए । कार्यक्रममा भिमफेदी गाउँपालिकाका शिक्षा शाखाका शैक्षिक सुपरिवेक्षक गोविन्द चौलागाई, नेपाल बाल संगठनका गृह प्रशासन प्रमुख सविता लम्साल, प्रशासन विभागकी दिपशना डल्लाकोटी, अजय शाह, हेटौंडा लेडी जेसिजकी पूर्व अध्यक्ष रश्मी बस्नेत लगायतको आतिथ्य रहेको थियो । नेपाल बाल संगठन मार्फत् भिमफेदीसहित नेपालका १० स्थानमा बाल मन्दिर संचालित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*