कांग्रेसले बागमती प्रदेशको नेतृत्वमा दावी गर्ने
हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय भएको छ ।
कांग्रेसको प्रदेश संसदीय दलको बैठकले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसले गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
बैठकले सरकार गठनका लागि गठबन्धन दलसँग छलफलका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
बैठकमा नेपाली कांग्रेसले प्रदेश संसदमा अहिलेसम्म निर्वाह गरेको भूमिका राजनैतिक संस्कारयुक्त रहेको र जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने सांसदहरुले धारणा राखेका थिए ।
यसैबिच,बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ९आइतबार० प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
























