मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैँ

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् ।

यसअघि २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन् ।

आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मख्यमन्त्री शाक्यले विश्वास मत लिने छिन् ।

सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

बागमती प्रदेशमा कुल ११० जना सांसदमध्ये एक सिट रिक्त छ । कोरोनाका कारण दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनपछि एक सिट खाली भएको हो ।

हाल बागमती प्रदेशसभामा १०९ जना सांसद छन् । बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा पनि ५५ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका सभामुखसहित हाल ४३ जनामात्रै सांसद छन् । त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था छैन ।

बिपक्षी गठबन्धनले बागमती प्रदेशमा शाक्य नेतृत्वको सरकार ढालेर एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएका छन् । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई विपक्षी गठबन्धले मुख्यमन्त्री बनाउने सहमती भइसकेको बताईएको छ ।

बागमती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बस्ने भएको छ ।

आज दिउँसो बस्ने बागमती प्रदेशसभाको बैठक अघि गठबन्धनको बैठक बस्न लागेको हो । उक्त बैठकमा नयाँ सरकार गठनका विषय र मन्त्रालय बाँडफाँडका विषयमा छलफल हुने बताईएको छ ।

गठबन्धनमा माओवादी केन्द्र,नेपाली कांग्रेस, र नेकपा (एकीकृत समाजवादी) रहेका छन् । गठबन्धनमा माओवादीको २३ जना, कांग्रेसको २२ जना र एकीकृत समाजवादीको १३ जना प्रदेश सभा सदस्य छन् । जुन सरकार गठनको लागी बहुमत पुग्छ ।

यसैगरि प्रदेशसभामा नेमकिपाको २ जना, राप्रपाको २ जना,विवेकशील साझाको ३ जना र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*