बागमती प्रदेश सभाको अर्को बैठक कात्तिक १० गते बस्ने

हेटौंडा । बागमती प्रदेशसभाको बैठक कात्तिक १० गते दिउँसो १ बजे सम्मको लागि स्थगित भएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेसंगै संसदीय दलका नेताहरुलाई बोल्नको लागि समय दिईएको थियो ।

बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री पदको लागि गठबन्धनबाट (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका थिए ।

उनले माओवादी,नेपाली कांग्रेस र समाजवादीको प्रदेश सांसदबाट बहुमत पुग्ने बताउँदै मुख्यमन्त्री शाक्यले राजिनामा दिनुपर्ने समेत बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*