कांग्रेस मकवानपुरका जिल्ला सदस्य दाहाल समाजवादीमा प्रवेश
हेटौंडा । कांग्रेस मकवानपुरका सदस्य अर्जुन दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रबार एक कार्यक्रमकाबीच समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने,पोलिटब्युरो सदस्य ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् ।
कायैक्रममा बोल्दै दाहालले आफु कांग्रेसमा रहँदा पनि देश जनता र पार्टीप्रति इमान्दार भएको बताउँदै अब नेकपा एकीकृत समाजवादीमार्फत् जनताको घर दैलोसम्म पुग्ने बताए ।
दाहाल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरगढी गाउँपालिका सभापतिमा पराजित भएका थिए । जिल्ला सदस्य दाहाल मकवानपुरगढी गाउँपालिका सभापतिमा असोज ९ गते राजविर मोक्तानसंग पराजित भएका थिए । निर्वाचनमा पराजित भएपछि जिल्ला सदस्य दाहालले समाजवादी रोजे ।
























