बेमौसमी वर्षाको कारणले आएको बाढी पहिरोले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।

बैठकमा महानिर्देशक थापाले कात्तिक १ गतेयता बाढी पहिरोको कारण १० वटा राजमार्ग÷सडक १८ स्थानमा अवरुद्ध छन् ।

हाल दुवै तर्फ यातायात सुचारु भएको राजमार्गको संख्या ३ तथा एकतर्फी यातायात चालु रहेको स्थान ९ रहेका छन् ।

बाढी पहिरोका कारण ४ वटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको र ६ स्थानमा अहिले पनि यातायात सञ्चालनमा आउन नसकेको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*