मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् ।
मतपरिणाम अनुसार अग्रवालले ६ सय ७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । यसैगरि उनका निकटतम प्रतिद्धन्दी राम प्रसाद न्यौपानेले ६ सय १८ मत प्राप्त गरेका छन् ।

यसैगरि सदस्यहरुमा कुल प्रसाद चौलागाई,अनिल भक्त श्रेष्ठ,दिवश पराजुली,नेत्र प्रसाद खतिवडा,माधव ज्ञवाली,विकेशलाल श्रेष्ठ र सुदर्शन खरेल,मनहरी आरक्षणमा कृष्णहरी बर्तौला,महिला आरक्षणमा निलम वैद्य विजयी भएका छन् ।

यसैगरि  उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिंह रानाभट विजयी भएका छन् । उनले ३७० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी प्रतिमा श्रेष्ठले भने ३१९ मत प्राप्त गरेकी थिइन् ।

यसैगरी सदस्यहरुमा नरेन्द्र भण्डारी,रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य र सन्तोषकुमार अर्याल विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*