बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिईन् राजिनामा

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएकी छन् ।

बागमती प्रदेशको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजिनामा दिएकी हुन् ।

आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो ।

तर, प्रदेशसभाबाट विश्वासको मत नपाउने लगभग पक्का भएपछि शाक्यले राजीनामाको बाटो रोजेकी हुन् । उनी भदौ २ मा मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

यसैबिच विश्वासको मत पाउन सक्ने अवस्था नरहेपछि  मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेकी एमाले नेतृ  शाक्यले आफू यतिञ्जेल संविधानअनुसार नै सत्तामा बसेको उल्लेख गरेकी छन्।

उनले प्रदेशसभा बैठकमा भनिन्- ‘संविधानतः ३० दिनभित्र विश्वासको मतसम्बन्धी सूचना जारी गर्नुपर्ने र त्यसपछि छलफल तथा थप प्रक्रिया अघि बढ्ने हो। हामीले ३० दिनभित्रै सूचना जारी गरेर विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाएका कारण संविधानअनुरुप नै सत्तामा यतिन्जेल रहेँ।’

उनले बागमती प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै प्रदेशसभा बैठकबाटै राजीनामा घोषणा गरेकी हुन्।

उनले ‘सत्ता पक्ष, प्रतिपक्ष एकापसमा मिलेर गएमात्र सुशासन, राजनीतिक स्थिरता कायम गर्न सकिन्छ’ भन्दै ‘संस्कारयुक्त राजनीति सिकौँ र त्यस्तै व्यवहार गरौं भनेर राजीनामा दिएको’ सांसदहरुसमक्ष प्रस्ट पारेकी छन्।

उनले आफूले मुख्यमन्त्रीका दृष्टिले मार्गप्रसस्त गरेको उल्लेख गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*