एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ – नेकपा (एमाले0को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ ।
बैठक अपराहन् ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने केन्द्रीय कार्यालय सचिव शेबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ ।
बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्ने तामाङको भनाइ छ । एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ ।
























