राजीनामाको दबाबमा परेका प्रधानन्यायाधीशले तोके आफ्नोसहित ८ इजलास

काठमाडौँ – राजीनामाको दबाबमा परेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका ८ वटा इजलास तोकेका छन्।

गएको सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका छन्। सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका थिएनन् । तर बुधबार उनले आफ्नो एकल इजलासमा पाँचवटा निवेदनमा सुनुवाइ गरेका थिए।

बिहीबारका लागि पनि उनले आफ्नो एकलसहित ८ इजलासमा १६७ पेशी तोकेका हुन्।

प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ। राजीनामाको माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गरिरहेका छन्। यस्तै नेपाल बार, सर्वोच्च बार तथा केही पूर्वप्रधानन्यायाधीशहरुले उनको राजीनामा मागेका छन्।

तर प्रधानन्याधीश राणाले भने आफूले कैसको दबाब र प्रभावमा आएर राजीनामा नदिने अडान लिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*