अर्थमन्त्री जनार्दन शर्माद्धारा रुद्र बाटिकाको अवलोकन
हेटौंडा । हेटौंडा आईपुगेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले मकवानपुगढी स्थित मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद रुद्र पाख्रिनको स्मृतिमा निर्मित रुद्र बाटिकाको अवलोकन गरेको छन् ।
नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग वाइसीएल हेटौंडाको प्रथम उपमहानगर सम्मेलनलाई सम्बोधन गर्न आएका शर्माले मकवानपुरगढी स्थित रुद्र बाटिकाको अवलोकन गरेका हुन् ।
कार्यक्रममा नेकपा माओवादी मकवानपुरका अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
























