सालको चिरान काठसहित हेटौंडाका एक जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले सालको चिरान काठसहित हेटौंडाका उमेश लामालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-३ सरस्वती पाखा टोल बस्ने लामाको बन्द रहेको भान्सा कोठा भित्र लुकाएर राखेको अवस्थामा १०५.६६ क्यूफिट सालको चिरान काठ फेला पारेको थियो ।

लामालाई प्रहरीले थप सोधपुछ गरेर जिल्ला वन कार्यालय पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*