देउवाले चुनाव गर्छु र सोहि चुनावमा भाग लिन्छु भन्नुमा कुनै सत्यता छैन् : बरिष्ठ नेता पौडेल
हेटौँडा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गर्छु र सोहि चुनावमा भाग लिन्छु भन्नुमा कुनै सत्यता नभएको दाबी गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले आन्तरिक महाधिवेशन र निर्वाचन गर्न नसक्ने कांग्रेसको बर्तमान नेतृतवबाट नेपालको चुनाव गर्छु र सोहि चुनावमा प्रतिस्पर्धा गर्छु भन्नु अनौठो कुरा भएको बताए ।
उनले भने ‘महाधिवेशन भएको साढे पाँच वर्षसम्म पनि अधिवेशन गर्न नसक्ने नेतृत्वले प्रतिनिधिसभा सहितका अन्य निर्वाचनमा भाग लिने कुरा कसरी मिल्छ, आफ्नै चुनाव गराउन नसक्ने कांग्रेसले अरु चुनाव गर्छ भन्ने के ग्यारेन्टी ? ’
उनले कांग्रेसको केहि जिल्लामा अझै पनि क्रियाशिल सदस्यता विवाद रहेको र उक्त विवाद अझै टुंगोमा नपुर्याएकोमा पनि नेतृत्वप्रति असन्तोष ब्यक्त गरे । कांग्रेसको महाधिवेशा गरेर तानाशाह फाल्नुपर्ने भन्दै उनले सग्लो र समृद्ध कांग्रेस बनाउन आफुहरु लागिपरेको बताए ।
























