हाम्रै देशमा आर्जनको स्थल बनाउन सकिन्छ – मुख्यमन्त्री पाण्डे

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आयआर्जनको श्रोत बनाउन सकिने बताएका छन् ।

बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताएका हुन् ।

उनले विश्वका २ सय भन्दा बढी देशहरुमा उत्पादन हुने चिजहरु नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरुलाई अघि बढाउनुपर्ने आवश्यक रहेको बताए ।

उनले भने, ‘क्षमता बेचेर सुख सुविधा दिएर आर्जन गर्ने क्षेत्र हो, हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरिब भएका छौँ, पैसाले हुनेभए सगरमाथा युरोप तिरै जन्माउँथे यहाँ चढ्न किन आउँथे, ४ धार्मिक सम्प्रदायमध्ये २ वटा धार्मिक सम्प्रदायको नेता नेपालमै छन्, पशुपतिनाथ र गौतम बुद्ध, विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी रोजगारी खोज्न ४० लाख नेपालीहरु विदेशमा छौँ, हामी हाम्रै देशमा आर्जनको स्थल बनाउन सकिन्छ, आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौँ, देशका युवाहरुलाई बुझ्न जरुरी छ ।’

मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*