ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडामा एक जनाको मृत्यु

हेटौंडा । हेटौंडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नंको मोटरसाइकललाई ना ७ ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् ।

ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*