मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी १४ जना कांग्रेसमा प्रवेश

हेटौंडा । मकवानपुरमा राप्रपाका जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मकवानपुरगढी र इन्द्रसरोवरका विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा जिल्ला सदस्य इन्द्रसरोवर–२ का हरिकृष्ण सापकोटाका साथै मकवानपुरगढी–७ का मदन लामा, धावा लामा, ज्ञानबहादुर रुम्बा, मकवानपुरगढी–२ का १० जना रहेका छन् । नवप्रवेशीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका थिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, सांसद देवीप्रसाद तिमल्सिना, मकवानपुरगढी–७ का अध्यक्ष सूर्यबहादुर रुम्बा, मकवानपुरगढी(२ का वडा सदस्य रामप्रसाद पुडासैनी, संघीय सभापति यतिराज सापकोटा, मकवानपुरगढी गाउँपालिका सभापति राजबिर मोक्तान, निवर्तमान हेटौंडा नगरसभापति आनन्दराम पराजुली लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*