हेटौंडामा बस र ट्रक ठोक्किदा २ जना को मृत्यु,१८ जना घाईते

हेटौंडा । पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा-११ नवलपुरमा यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् ।

गएराति जनकपुरबाट हेटौंडा हुँदै काठमाण्डौ तर्फ जादै गरेको ना ७ख ८७६ नंबरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नंबरको खाली ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीलाई बसमा सवार घाईते यात्रुहरुले बताए अनुसार मृत्यु हुनेमा एक जना बस चालक रहेका छन् । मृत्यु हुनेहरुमा ३० वर्षीय पुरुष र अर्का अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् उनिहरुको गएरातिनै हेटौंडा अस्पातलमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।

प्रहरीले ट्रक चालक बारा निजगढ-४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरि दुर्घटनामा १८ जना घाईते भएका छन् । उनिहरुको हेटौंडा स्थित सहकारी अस्पताल मकवानपुर,चुरेहिल अस्पातल र हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा घाईते हुनेहरुमा  महोत्तरी बर्दिवास- १४ बस्ने ३९ वर्षीय ज्ञानेन्द्र चौधरी,  धनुषा बिदय-३ बस्ने २६ वर्षीय महमद सकिल अमद,  धनुषा बस्ने ३५ वर्षीय शम्भु दास,  मकवानपुर मनहरी-९ ज्यामिरे बस्ने ५९ वर्षीय सुर्य ब.सुनार,  धनुषा सहिदनगर- २ बस्ने २६ वर्षीय प्रवल कुमार यादव, धनुषा-७ किसनपुर बस्ने २८ वर्षीय सुरेश सदा,  धनुषा धनैजी-१ औरहि बस्ने २१ वर्षीय शम्भु कुमार  महरा रहेका छन् ।

यस्तै धनुषा कमला-२ राधे बस्ने ३९ वर्षीय रविन्द्र मण्डल,   काभ्रे मण्डन देउपुर-७ बस्ने २९ वर्षीय हरी कुमार श्रेष्ठ,  धनुषा मिथिला-९ बस्ने २३ वर्षीय कवि गिरी, धनुषा नजक नन्दनी-४ खजुरी बस्ने ३८ वर्षीय विपद दास,  धनुषा नजक नन्दनी-३ बस्ने बर्ष २० वर्षीय अल्ताब राईम, धनुषा कमला- २ बस्ने ३७ वर्षीय झगडु सहनी,  धनुषा जनक नन्दनी-३ बस्ने ३७ वर्षीय अवताबुल रहमान,  धनुषा सहिदनगर- ५ बस्ने ३२ वर्षीय जितेन्द्र महरा, धनुषा कमला-२ बस्ने ३६ वर्षीय राम भरौजी मुखिया,  गाडीको सहचालक धनुषा जनक नन्दनी-६ बस्ने १९ वर्षीय शुवम झा र ट्रकको सहचालक जिल्ला बारा निजगढ-४ बस्ने २५ वर्षीय बासुदेव गोले रहेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*